लोथर उपभोक्ता समितिको एक झलक

विश्वसम्पदा सूचीमा सूचीकृत प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र अन्तर्गत दुइ वटा जिल्लाको भुभाग ओगट्ने सुदुर पूर्वको एक मात्र मध्यवर्ति उपभोक्ता समिति लोथर उपभोक्ता समिति हो । यस उपभोक्ता समिति अन्तर्गत करीब १७०० घरधुरी सहित ५१ वटा उपभोक्ता समुहहरु आवद्ध छन् । उपभोक्ता समुहहरुबाट छनौट भई आएका योजनाहरुलाई समुहहरु मार्फत नै कार्यान्वयन गरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिद्धारा विनियोजित गरी पठाईएको रकमको सदुपयोग गरिरहेको यस समितिले आफ्नो योजना र साझेदारी सहयोग समेतको माध्यमबाट बाटो निर्माण, मर्मत तथा सुधार, कलभर्ट एवं स्ल्याव निर्माण, विद्यालय कोठा निर्माण, कुलो मर्मत सम्भार, लोथरराप्ती एवं झोरा तटबन्धन, जग्गा सतह सुधार जस्ता सामुदायिक विकासका कार्यक्रमहरु सञ्चालन गरेको छ भने ताल, पर्यटकीय मचान, संग्राहालय निर्माण जस्ता पर्यटकीय पुर्वाधारहरुको निर्माण गरी रहेको छ । आय आर्जन र सीप विकासमा सहयोग पु¥याउन सिलाईकटाई, पेन्टिङ्ग, विद्युत वायरीङ्ग, टि.भि. मर्मत जस्ता तालिमहरु र करेसावारी, माछापालन लगायतका कार्यक्रम संचालन गरेको छ । सहकारी मर्फत गोवरग्याँस निर्माणको कार्यक्रम अघि बढाएको छ । यस समितिले आफ्नै ३ कोठे कार्यालय भवन निर्माण गर्नुको साथै आन्तरिक आम्दानिलाई पनि सानातिना सामुदायिक कामहरुमा प्रयोग गरि रहेको छ । निकुञ्जको आम्दानिको ५०५ रकम मध्यवर्ती क्षेत्रको विकास र संरक्षणको निम्ति खर्च हुने भएको र निकुञ्जको आम्दानि बढ्न निकुजको संरक्षण, चोरी शिकारी नियन्त्रण वन्यजन्तु बासस्थान व्यवस्थापनको निम्ति निकुञ्ज संग हातेमालो गर्दै अघि बढ्नु हामी सबैको परम कर्तव्य हो । अत्यन्तै महत्वपुर्ण वन्यजन्तु एक सिंगे गैडाको संरक्षणको दायित्व सबै उपभोक्ताहरुमा अनुभूति हुनु जरुरी छ । यो समितिलाई हालको अवस्था सम्म पु¥याउन सक्रिय सहभागी सबैलाई हार्दिक धन्यवाद दिदै, अन्यमा, अधुरा रहेका कामहरु पुरागर्न, अनाधिकृत अतिक्रमण नियन्त्रण गर्नुको साथै चितवन राष्ट्रिय निकुञ्ज र एक सिंगे गैंडाको संरक्षण, यस क्षेत्रको चौतर्फी विकास, निकुञ्ज र जनतावीचको सुमधुर सम्बन्ध स्थापना, लक्षित वर्गहरुको उन्नति प्रगति आदि समेतको निम्ति लोथर उपभोक्ताहरुले नमुना योग्य सफलता हाँसिल गर्न सकुन् ।

चितवन राष्ट्रिय निकुञ्ज

वन्य–जन्तुहरुको संरक्षणको लागि, आरक्ष र संरक्षण क्षेत्रहरु रा.नि. तथा वन्य जन्तु संरक्षण ऐन २०२९ मा शुरु भयो र यो रा.नि. नेपालमा २०३० सालमा स्थापना भएको पहिलो राष्ट्रिय निकुञ्ज हो । यो रा. नि. विश्वमै दुर्लभ मानिने वन्यजन्तुहरु (जस्तै ः एक सिङ्गे गैडा, पाटे बाघ, जंगली हात्ती, गौरी गाई लगायत सयौं चराचुरुङ्गीहरु) ले विश्वमा नै प्रसिद्ध भै विश्व सम्पदा सुचीमा सुचीकृत छ । ताल तलैया, नदी नाला, घाँसे मैदान, चुरे पहाडको मनोरम दृष्य आदिले पनि यो विश्व प्रख्यात छ । यसको मध्यवर्ती वन क्षेत्र वरण्डाभारमा रहेका विस हजारी ताल, सीमसार क्षेत्र र त्यसमा रमाउँदै खेल्ने वन्य जन्तुनै यो चितवनको गौरव हो र यसको राम्रो संरक्षण गर्न सके भावी पुस्तको सुन्दर भविष्य पनि हो ।

औधोगिक विकाश, शहरीकरण, जनसंख्या वृद्धिले पनि यसलाई असर पारेको छ । भने उद्योग तथा शहरबाट निस्कने फोहोर पानीले नदी प्रदुषित भई माछा जाति तथा गोई जस्ता जलचर प्राणीलाई असर पारेको छ । जसले गर्दा खोलमा निर्भर रहने माझी, बोटे, दनुवार जातिको जिवीका पार्जनमा असर परेको छ । यसमा बढ्दै गएको अतिक्रमण, वन विनाश आदि कार्यले चोरी शिकारमा वृद्धि हुनु, स्थानिय वासिन्दमा उदासिन्ता आउनु मुख्य समस्या हो । निकुञ्जको संरक्षणमा प्रत्यक्ष जनसहभागिता जुटाई त्यसबाट प्राप्त हुने ५०५ सम्म रकम जनताकै हितका संरक्षण र विकाशका लागि खर्च गर्ने उद्देश्यले २०५२ सालमा मध्यवर्ती क्षेत्रको अवधारणा आएको हो र या कार्य समितिहरु मार्फत कार्यान्वयनमा सफलता पनि देखिएको छ । म. क्षे को अवधारणालाई पुरा गर्न समुह तथा समितिहरुको संस्थागत विकास गर्न जरुरी छ, र निकट भविष्यमानै म.क्षे. को विकास र जैविक विविधता संरक्षणमा राम्रो टेवा पुग्ने छ । आय आर्जनको लागि सीप विकास गरी स्थानिय उपभोक्तामा रोजगारिको अवस्था सृजना गर्दै वन्य जन्तुबाट उपभोक्तालाई पर्न जाने अवसरलाई न्युनिकरण गर्न तथा उपभोक्ता समितिले तदारुकताका साथ लाग्न आवश्यक देखिन्छ । समुह र समितिहरु संगठित भएर साझा अवधारणामा विकाश तथा संरक्षणका कार्यहरु पारदर्शी गर्दै जानु पर्छ । यस कार्यका लागि निकुञ्जका कर्मचारीहरु र समुह तथा समितिको प्रत्यक्ष सम्लग्नताको खाँचो पर्दछ । तसर्थ हामी निकुञ्ज कर्मचारी तथा समुह र समितिको साझा समझदारीका आधारमा स्थानिय गरिब, पिछडिएको जनजाती तथा महिलाहरुको हितमा संरक्षणमुखी कार्यक्रम बनाई मुर्त रुप दिएर कार्यान्वयन गर्न सकियो भने मात्र निकुञ्ज र मध्यवर्तिको लक्ष्य पुरा हुने छ । यस कार्यमा यो लोथर उपभोक्ता समिति सफल हुने विश्वासका साथ शुभेच्छा व्यक्त गर्दछु ।

Video