उद्धेश्यहरु
१) दीगो भू–परिधि व्यवस्थापन र जलवायु परिवर्तन सम्बन्धि सचेतना प्रदान गर्ने ।
२) निकुञ्जलाई पर्न गएको चापलाई उल्लेखनीय रुपमा कम गर्ने ।
३) बैकल्पिक स्रोतको दीगो सदुपयोग गर्ने ।
४) मध्यवर्ती सामुदायिक वनहरु समेतलाई वन्यजन्तुको अतिरिक्त वासस्थानको रुपमा विकास गर्ने ।
५) लैङ्गिक समानता र सामाजिक सद्भाव कायम गर्ने ।
६) मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक, सामाजिक र ब्यत्तिगत विकास गर्ने ।
७) वन, वन्यजन्तु र मानव विच सन्तुलन कायम गर्ने ।
कार्यक्रमको औचित्य:-
वन, वन्यजन्तु, वातावरण, जैविक विविधताको संरक्षण गरी यस क्षेत्रको विकास गर्ने साथसाथै यस क्षेत्रको दीगो भू–परिधि व्यवस्थापन गरी जलवायु परिवर्तनको असर न्युनिकरण गर्न भनि यस उपभोक्ता समितिले आफ्नो क्षेत्रका उपभोक्ताहरुलाई मध्यवर्ति सामुदायिक वनहरुको लागि यस कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
अनुगमन तथा मुल्याङ्कनः
यस कार्यक्रम सञ्चालन गर्दा तराई भू–परिधि कार्यक्रम सौराहा र उपभोक्ता समिति वीचमा द्विपक्षीय सम्झौता हुने हुँदा कार्यक्रमहरु सञ्चालन गर्दा सवैलाई जानकारी गराईने छ भने उपभोक्ता समितिले अनुगमन समिति वनाई आवश्यकता अनुसार अनुगमन तथा सुपरिवेक्षण गर्नेछ ।
अपेक्षित उपलब्धी:-
१) दीगो भू–परिधि व्यवस्थापन र जलवायु परिवर्तन सम्बन्धि सचेतना प्रदान हुनेछ ।
२) निकुञ्जलाई पर्न गएको चापलाई उल्लेखनीय रुपमा कम हुनेछ ।
३) बैकल्पिक स्रोतको दीगो सदुपयोग हुनेछ ।
४) मध्यवर्ती सामुदायिक वनहरु समेतलाई वन्यजन्तुको अतिरिक्त वासस्थानको रुपमा विकास हुनेछ ।
५) लैङ्गिक समानता र सामाजिक सद्भाव कायम हुनेछ ।
६) मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक, सामाजिक र ब्यक्तिगत विकास गर्नेछन् ।
७) वन, वन्यजन्तु र मानव विच सन्तुलन कायम हुनेछ ।
चितवन राष्ट्रिय निकुञ्ज
वन्य–जन्तुहरुको संरक्षणको लागि, आरक्ष र संरक्षण क्षेत्रहरु रा.नि. तथा वन्य जन्तु संरक्षण ऐन २०२९ मा शुरु भयो र यो रा.नि. नेपालमा २०३० सालमा स्थापना भएको पहिलो राष्ट्रिय निकुञ्ज हो । यो रा. नि. विश्वमै दुर्लभ मानिने वन्यजन्तुहरु (जस्तै ः एक सिङ्गे गैडा, पाटे बाघ, जंगली हात्ती, गौरी गाई लगायत सयौं चराचुरुङ्गीहरु) ले विश्वमा नै प्रसिद्ध भै विश्व सम्पदा सुचीमा सुचीकृत छ । ताल तलैया, नदी नाला, घाँसे मैदान, चुरे पहाडको मनोरम दृष्य आदिले पनि यो विश्व प्रख्यात छ । यसको मध्यवर्ती वन क्षेत्र वरण्डाभारमा रहेका विस हजारी ताल, सीमसार क्षेत्र र त्यसमा रमाउँदै खेल्ने वन्य जन्तुनै यो चितवनको गौरव हो र यसको राम्रो संरक्षण गर्न सके भावी पुस्तको सुन्दर भविष्य पनि हो ।
औधोगिक विकाश, शहरीकरण, जनसंख्या वृद्धिले पनि यसलाई असर पारेको छ । भने उद्योग तथा शहरबाट निस्कने फोहोर पानीले नदी प्रदुषित भई माछा जाति तथा गोई जस्ता जलचर प्राणीलाई असर पारेको छ । जसले गर्दा खोलमा निर्भर रहने माझी, बोटे, दनुवार जातिको जिवीका पार्जनमा असर परेको छ । यसमा बढ्दै गएको अतिक्रमण, वन विनाश आदि कार्यले चोरी शिकारमा वृद्धि हुनु, स्थानिय वासिन्दमा उदासिन्ता आउनु मुख्य समस्या हो । निकुञ्जको संरक्षणमा प्रत्यक्ष जनसहभागिता जुटाई त्यसबाट प्राप्त हुने ५०५ सम्म रकम जनताकै हितका संरक्षण र विकाशका लागि खर्च गर्ने उद्देश्यले २०५२ सालमा मध्यवर्ती क्षेत्रको अवधारणा आएको हो र या कार्य समितिहरु मार्फत कार्यान्वयनमा सफलता पनि देखिएको छ । म. क्षे को अवधारणालाई पुरा गर्न समुह तथा समितिहरुको संस्थागत विकास गर्न जरुरी छ, र निकट भविष्यमानै म.क्षे. को विकास र जैविक विविधता संरक्षणमा राम्रो टेवा पुग्ने छ । आय आर्जनको लागि सीप विकास गरी स्थानिय उपभोक्तामा रोजगारिको अवस्था सृजना गर्दै वन्य जन्तुबाट उपभोक्तालाई पर्न जाने अवसरलाई न्युनिकरण गर्न तथा उपभोक्ता समितिले तदारुकताका साथ लाग्न आवश्यक देखिन्छ । समुह र समितिहरु संगठित भएर साझा अवधारणामा विकाश तथा संरक्षणका कार्यहरु पारदर्शी गर्दै जानु पर्छ । यस कार्यका लागि निकुञ्जका कर्मचारीहरु र समुह तथा समितिको प्रत्यक्ष सम्लग्नताको खाँचो पर्दछ । तसर्थ हामी निकुञ्ज कर्मचारी तथा समुह र समितिको साझा समझदारीका आधारमा स्थानिय गरिब, पिछडिएको जनजाती तथा महिलाहरुको हितमा संरक्षणमुखी कार्यक्रम बनाई मुर्त रुप दिएर कार्यान्वयन गर्न सकियो भने मात्र निकुञ्ज र मध्यवर्तिको लक्ष्य पुरा हुने छ । यस कार्यमा यो लोथर उपभोक्ता समिति सफल हुने विश्वासका साथ शुभेच्छा व्यक्त गर्दछु ।