लोथर उपभोक्ता समिति, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा रहेको २१ वटा उपभोक्ता समितिहरुमध्ये एक हो । यस उपभोक्ता समिति अन्तर्गत राप्ती नगरपालिका वडा नं. १ र ३ बाहेक पुरै वडाहरु र मकवानपुर जिल्लाको मनहरी गाउँ पालिका वार्ड नं. ६ पर्दछन् । झण्डै दुई हजार छ सय परिवार बसोबास गर्ने यस क्षेत्रमा लगभग १२००० उपभोक्ताहरु रहेका छन् । निकुञ्जसँग जोडिएको करिब १५ कि.मि. मध्यवर्ती क्षेत्रको दुरीमा बसोबास गर्ने मानिसहरु अति पिछडिएका वर्ग (चेपाङ, राई, दनुवार, भोटे, तमाङ, कामी, दमै, सार्की) आदि कारणले गर्दा निकुञ्जसँगको चाप सँगै विशेषगरी घाँस र दाउराको बैकल्पिक स्रोतको व्यवस्था नगर्दासम्म दृन्द्धको समाधान र वनको दीगो संरक्षण छैन । यो क्षेत्र अन्र्तराष्ट्रिय रुपमा नै जैविक विविधताको हिसावले अति नै महत्वपूर्ण क्षेत्र हो । जति यो निकुञ्जमा वन्यजन्तुको बासस्थान तथा परिस्थितिकीय प्रणालीको लागि विश्वमा परिचित छ , त्यति नै सम्वेदनशील पनि छ । यहि सम्वेदशीलतालाई कम गराउने उद्धेश्यले मध्यवर्ती क्षेत्रको अवधारणा अबलम्बन गरियो । जसका कारण निकुञ्ज तथा स्थानीयबासी बिच रहेको खाडललाई केही साघुँराउने काम त भयो तर वन्यजन्तु तथा वनजङ्गल संरक्षणमा भने उल्लेखनीय काम हुन सकेन । यसका साथसाथै यस क्षेत्रको दीगो भू–परिधि व्यवस्थापन र जलवायु परिवर्तन सम्बन्धमा यस क्षेत्रमा प्रयाप्त किसिमको कार्यक्रम हुन नसकेको र त्यस्ता कार्यक्रमहरु सञ्चालन गर्न यस उपभोक्ता समितिसँग पनि यथेष्ठ बजेट नभएको हुँदा त्यस्ता कार्यक्रमहरु सञ्चालन गर्न तराई भू–परिधि मार्फत ध्ध्ँ मा पेश गर्ने गरी यो प्रस्तावना तयार गरिएको हो ।

Image

Video